संविधान पालना गर्नु सबैको दायित्व हो : प्रदेश प्रमुख देवकोटा
![संविधान पालना गर्नु सबैको दायित्व हो : प्रदेश प्रमुख देवकोटा](https://npcdn.ratopati.com/media/news/dipak-pd-devkota_vkDXGBynuY.jpg)
हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विगतमा विकास गर्ने निकाय वर्तमानमा समन्वयको भूमिकामा रहेको बताएका छन् । उक्त भूमिकालाई न्यायोचित रुपमा अघि बढाउन उनले आग्रह गरे ।
जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले संविधान सम्बद्ध हुन जरुरी रहेको उनको भनाई छ । संविधान पालना गर्नु सबैको दायित्व रहेको उनले बताए ।
जिल्ला समन्वय समितिले समन्वयात्मक भूमिकामा रहेर चुस्त, दुरुस्त कार्यसम्पादन यहाँहरूको गाइड लाइन रहेको बताए । बोलेर नभइ गरेर देखाउनुपर्ने उनले बताए ।
‘नेपालको संविधान २०७२ को धारा २२० ले निर्दिष्ट गरे अनुसार समन्वय समितिको गठनको व्यवस्था छ । उक्त संरचनाले समन्यात्मक भूमिका निर्वाह गर्नुपर्नेछ’ उनले भने, ‘हामीले बोलेर होइन गरेर देखाउनुपर्छ । किनकि मानिस सुन्न होइन ? देख्न चाहान्छ । जटिल परिस्थितिमा अनुकूलता खोज्न कुनै दल र स्वार्थ बिना मकवानपुरको माटो र जनचाहानालाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनावश्यक खर्च कटौतीमा ध्यान दिन्छु : अर्थसचिव उपाध्याय
-
क्यान्टोनमेन्टमा माओवादीले घोटाला गरेको छ : सांसद रिजाल
-
अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भयो : जनार्दन शर्मा
-
नन्दकिशोरका कारण विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कने बाटो खुला
-
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
-
विवादास्पद अभिव्यक्तिका कारण ‘इन्डियाज गट् लेटेन्ट’को एपिसोड युट्युबमा ब्लक