प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
दैनिक ७ वटा बलात्कारको घटना दर्ता
बुधबार, ०३ पुस २०८१, १६ : ४२

काठमाडौँ । प्रहरीले २४ घण्टामा ११७ जना मानिस पक्राउ गर्ने गरेको छ । एक दिनमा ११७ जना मानिसहरूलाई पक्राउ गर्ने गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले जानकारी दिए । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशभर २४ घण्टामा ११७ जना आरोपीहरूलाई पक्राउ गर्ने गरेका छौँ ।’
एक दिनमा बलात्कार कसुरको ७ वटा मुद्दा प्रहरी कार्यालयहरूमा दर्ता हुने गरेको छ । दैनिक कुल १६२ मुद्दा दर्ता हुने गरेको एसएसपी अधिकारीले बताए ।
उनले भने, ‘२४ घण्टामा २० वटा आत्महत्याका घटना हुने गरेका छन् ।’
२०८१ साउनदेखि कार्तिक सम्म देशभर १९ हजार ४९८ वटा मुद्दा दर्ता भएका छन् । तर, गत वर्ष सो अवधिमा १८ हजार ९९८ मुद्दा दर्ता भएको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा अपराधको ग्राफ बढेको एसएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा अधिवेशन अन्त्य
-
सात दलीय मोर्चा घोषणा हुँदै
-
आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयताको पहिलो स्थानमा उक्लिए न्युजिल्यान्डका ज्याकब डफी
-
सडकमा उत्रिए शिक्षक, तस्बिरहरू
-
सलमानको ‘सिकन्दर’को बिजोगः दर्शक नआएपछि तेस्रो दिनमै हलबाट हटाइयो
-
‘टप गन’ र ‘ब्याटम्यान’का अभिनेता भ्याल किल्मरको निधन