राजनीतिक भागबण्डाका आधारमा नियुक्त डीनलाई खारेज गर्न अखिल (क्रान्तिकारी) को माग
बुधबार, ०३ पुस २०८१, १६ : ०३

काठमाडौँ । नेकपा (बहुमत) नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबण्डा खारेज गर्न माग गरेको छ । ८ जना डीन र तीन जना निर्देशकहरू राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गरिएको भन्दै त्यसलाई खारेज गर्न भनेको हो ।
राजनीतिक भागबन्डाका आधारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी (केन्द्र) ले भागबण्डा मिलाएर नियुक्ति गरेको भन्दै अखिल (क्रान्तिकारी) ले आपत्ति जनाएको हो ।
अखिल (क्रान्तिकारी) का नवनिर्वाचित अध्यक्ष विरेन्द्र शाहले एक प्रेश विज्ञप्ती जारी गर्दै राजनीतिक भागबन्डाका आधारमा गरिएका सम्पूर्ण डिन र निर्देशकहरूको नियुक्ति बदर गरी मेरिटको आधारमा नियुक्ति प्रक्रियामा अगाडी बढाउन भनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले किन घटायो अमेरिकी वस्तुमा लगाएको भन्सार महसुल ?
-
कहाँ फ्याँक्नु पर्छ म्याद गुज्रिएका औषधि ?
-
मनाउँछौँ दिवस मानेर आनन्द
-
स्वास्थ्यसचिव नियुक्ति विवाद : गल्ती डा. मिश्राको कि सरकारको ?
-
निर्माण भएको तीन वर्षसम्म ताला ठोकिएको सिटी हल उद्घाटन, अब सञ्चालनमा आउला ?
-
गणतन्त्रका शासक बिग्रँदा राजावादी उठे