बैंकिङ कसुरका सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा

काठमाडौँ । बैकिङ कसुरसम्बन्धी मुद्दा सबैभन्दा धेरै काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा दर्ता हुने गरेको भेटिएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ साउनदेखि कार्तिकसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्र २ हजार ६२९ मुद्दा दर्ता भएका छन् । गत वर्षको सोही अवधिमा उपत्यकामा २ हजार ३७९ मुद्दा दर्ता भएको प्रहरीको रेकर्डबाट देखिएको छ ।
पछिल्लो चार महिनामा देशभरका प्रहरी कार्यालयमा ४ हजार ३५९ मुद्दा दर्ता भए । गत आर्थिक वर्षको सोही अवधिमा ४ हजार १९० मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकबाट देखिएको छ ।
कुल मुद्दा संख्याको ५७ दशमलव ७७ प्रतिशत मुद्दा उपत्यकामा दर्ता भएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले जानकारी दिए । उनले भने, ‘चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा सबैभन्दा थोरै बैंकिङ कसुरका मुद्दा कर्णाली प्रदेशमा दर्ता भएको छ ।’ प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार बैंकिङ कसुर अपराध बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो
-
वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै