मान्छे जन्मिँदै ठुलोसानो हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै कोही ठुलो, कोही सानो नहुने बताएका छन् ।
बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्मिँदै श्रेष्ठताको सिद्धान्त पाखण्ड कुरा भएको बताएका हुन् ।
‘जन्मँदै कोही उच्च कुल, उच्च घराना र ठुलो जात भएर जन्मिन्छ भन्ने कुरा होइन’, प्रधानमन्त्रीले भने, ‘सबै मान्छे मान्छेकै रूपमा जन्मन्छन् ।’
संयुक्त राष्ट्रसंघको बडापत्रले कुलघराना, जात वा सम्पत्तिका आधारमा जन्मिँदै कोही ठुलो र सानो भन्ने कुराको कल्पना नगरेको बताए । उनले ७६ वर्षअघि विश्व संगठनले यसबारे व्यवस्थित मानवअधिकार घोषणपत्र जारी गरेको भन्दै जातीय छुवाछुतसम्बन्धी ऐन समयानुकल हेरफेर र संशोधन गर्नुपर्ने भए गर्न सकिने बताए ।
‘स्टेकहोल्डर, जनप्रतिनिधि समेत राखेर ऐन संशोधन गरेर समयानुकूल बनाउने प्रयास गरिरहेका छौ’, प्रधानमन्त्रीको भनाइ छ । उनले समानताको लडाइँलाई अन्तिम बिट मार्ने प्रयासमा सरकार रहेको भन्दै त्यसबारे जनचेतना जगाउन पनि जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी
-
उद्योगमन्त्री भण्डारीद्वारा विवादित चुनढुङ्गा खानीको स्थलगत अनुगमन