बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

४० लाख पारिश्रमिकबारे के भन्छन् विजय बराल ?

बुधबार, ०३ पुस २०८१, १४ : ५९
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । कलाकारको पारिश्रमिकको चर्चाले बेला बेलामा मिडिया गर्माउने गरेको छ । केही दिनअघि कलाकार केदार घिमिरेले ६० लाख पारिश्रमिक लिएको समाचार बाहिर आएको थियो । अहिले कलाकार विजय बरालको पारिश्रमिक ४० लाख पुगेको चर्चा छ ।

यस अगाडि सामान्य पारिश्रमिकमा फिल्म अभिनय गर्दै आएका बरालको शीर्ष भूमिका रहेको ‘पूर्णबहादुर सारङ्गी’ ले राम्रो व्यवसाय गरेपछि पारिश्रमिक आकासिएको हो ।

मङ्गलवार मण्डला थिएटरमा नाटक ‘हरि हजुरबा’ को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पनि उनको पारिश्रमिकबारे कुरा उठेको थियो । तर, उनले ४० लाख पारिश्रमिकको चर्चाबारे आफू अनविज्ञ रहेको बताए ।

‘यस्तो चर्चा पनि चलिसक्यो ? तर, ३०/४० लाख अफर आएको भन्ने कुरा मैले बोलेको होइन । न त पाएको छु । यो चर्चा होला’, उनले भने ‘यद्यपि, पैसा धेरै आओस् भन्ने इच्छा त हुन्छ ।’ उनले अहिलेसम्म नयाँ फिल्मको स्क्रिप्ट पढ्नै नपाएको सुनाए । ‘म धेरै डिमान्ड गर्दिनँ । ठिक्क गर्छु’ उनले भने । नाटक ‘हरि हजुरबा’ मा भने उनले खाजा खाने पारिश्रमिक मात्र आउने खुलाए ।

विजय आफूलाई फिल्मबाट अफरै नआउँदा पनि कुनै मतलब नरहेको बताउँछन् । नाटक नै गरेर भए पनि आफू चल्न सक्छु भन्ने उनलाई लाग्छ । ‘अब फिल्मै नआए पनि बालै छैन । रेकर्ड ब्रेक गर्ने फिल्म गरिहालियो, अब नगर्दा पनि केही हुँदैन । टेन्सन नै छैन’ उनले थपे । 

नाटक हुँदै फिल्ममा छिरेका विजय नाटकमा सानो रोल गर्दा पनि आनन्द लाग्ने बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप