विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
बुधबार, ०३ पुस २०८१, १४ : ५३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डा. बलबहादुर पराजुली र लक्ष्मण केसीलाई सञ्चालक सदस्यमा नियुक्त गरेका हुन् । मंगलबार मात्रै सञ्चालकद्धय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएको थियो । मन्त्री खड्काले रिक्त पदमा दुई सदस्य नियुक्त गरेका हुन् ।
पेसाले दुवैजना इन्जिनियर हुन् । केसी डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष छन् ।
यसअघि कार्यकाल सकिनुअघि आचार्य र पुनलाई हटाउन मन्त्री खड्काले निर्णय गरेका थिए । तर अदालतले मन्त्रीको निर्णयविरुद्ध आदेश दिएपछि उनीहरूले निरन्तरता पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?
-
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते
-
शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
-
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका
-
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य