माधवसँग भेट्दै बामदेव, छलफलपछि निर्णय लिने

काठमाडौँ । कम्युनिस्ट नेता बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेर मात्रै उक्त पार्टीमा जाने नजानेबारे निर्णय गर्ने भएका छन् । ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक समेत रहेका गौतम र अध्यक्ष नेपालबिच बिहीबार भेटवार्ता गर्ने निधो भएको गौतम निकट डीबी कार्कीले बताएका छन् ।
मङ्गलवार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठकले एमालेका पूर्वउपाध्यक्ष रहिसकेका गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो । एकीकृत समाजवादीको उक्त निर्णय सार्वजनिक भएलगत्तै गौतमले आफू एकीकृत समाजवादीमा बुहारी भित्रिएझैँ नभित्रिने प्रतिक्रिया दिएका थिए ।
गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता समेत रहेका डीबी कार्कीले बिहीबार हुने नेपाल गौतम भेटपछि निर्णयमा पुग्ने बताए । उनले नेकपा एकीकृत समाजवादी र एमालेसँग बराबर छलफल र संवाद भइरहेको भन्दै यसै गर्ने भनेर निर्णय भैनसकेको बताए ।
यसअघि कार्कीले एमाले महासचिव शङ्कर पोखरेलसँग भेटेर एकताको आह्वानसहित निर्णय गरिदिन माग गरे पनि एमालेले पार्टी एकता नभई व्यक्ति व्यक्ति प्रवेशको मात्र बाटो खोलेको बताए । तर पछिल्लो समय नेकपा एकीकृत समाजवादीले पार्टी एकता गर्ने निर्णय गरे पनि निर्णय हेरिनसकेको कार्कीको भनाइ छ ।
‘एकीकृत समाजवादीले पार्टी एकताबारे निर्णय के गरेको छ हेरेको छैन । तर निर्णय गरेको छ भनिएको छ’,कार्कीले भने, ‘भोली छलफलका क्रममा सबै कुरा थाहा होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल पर्यो'
-
सांसद बजगाईंद्वारा नागरिक उड्डयन प्राधिकरण विधेयकउपर १२ बुँदे सुझाव
-
९ महिनाकाे अवधिमा पोखराबाट ३८ हजार बढीले लिए श्रम स्वीकृति
-
टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट हुन्छन् : नवराज सुवेदी
-
बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह
-
भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह