ट्रम्पले भारतलाई दिए यस्तो चेतावनी

वासिङ्टन डिसी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले भारतलाई चेतावनी दिएका छन् । राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि उनले भारतमा पठाइने अमेरिकी सामानमा लगाइएको करबारे कडा अभिव्यक्ति दिएका हुन् ।
उनको यो भनाइले भारत सरकारलाई सोच्न बाध्य तुल्याउने निश्चित प्रायः छ । भारतले अमेरिकी सामानमा जति कर लगाउँछ, अमेरिकाले पनि भारतीय सामानमा त्यही नै कर लगाउने ट्रम्पको भनाइ छ ।
देशहरूले अमेरिकाबाट आउने सामानमा लगाइएको उच्च अतिरिक्त महसुलको जवाफमा अमेरिकाले पनि ती सबै देशबाट अमेरिकामा भित्रिने सामानमा त्यही स्तरको अतिरिक्त महसुल अर्थात् रेसिप्रोकल ट्यारिफ लगाउने मनसाय दोहोर्याएका छन् ।
‘यदि कसैले हामीहरूमाथि कर थोपर्छ भने हामी पनि उनीहरूमाथि उति नै कर लगाइदिन्छौँ’, सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै ट्रम्पले भनेका छन् ।
यसै क्रममा उनले नामै किटेर भारतले कर लगायो भने आफूले पनि लगाउने बताएका हुन् । आफूले जस्तालाई त्यस्तै व्यवहार गर्ने ट्रम्पको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक