जसपा नेपालले बोलायो विभाग र भातृ संगठनको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टीका विभाग तथा भातृ सङ्गठनहरूको बैठक बोलाएको छ । जसपा नेपालका १७ वटा विभाग र ११ वटा भातृ सङ्गठनहरू छन् । ती भातृ सङ्गठनहरूको अधिवेशन वैशाखभित्र सम्पन्न गर्ने गरी तयारीका लागि यो बैठक बोलाएको सो पार्टीका महासचिव रामकुमार शर्माले बताए ।
विभागको बैठक पुस १९ गतेभित्र र भातृ सङ्गठनको पुस १५ गतेभित्र सम्पन्न गर्ने गरी तयारी चलिरहेको उनले बताए । ‘भातृ सङ्गठनको अधिवेशन भएको छैन’ उनले भने, ‘ती सबैको अधिवेशन वैशाखभित्र सम्पन्न गरिसक्नुपर्नेछ, जसले अधिवेशन गराउन सक्दैन त्यसको कार्य समिति खारेज हुने निर्णय पार्टीको यसअघिको बैठकले गरिसकेको छ ।’
बैठकमा समयमा कसरी अधिवेशन सम्पन्न गर्ने भन्ने विषयमा छलफल हुनुका साथै विभाग र भातृ सङ्गठनहरूलाई पार्टीले सञ्चालन गरिरहेको अभियानसँग कसरी जोड्ने भन्ने विषयमा कुराकानी हुने उनले बताए ।
साथै जसपा नेपालले सञ्चालन गरिरहेको सङ्गठन विस्तार कार्यसँग विभाग तथा भातृ सङ्गठनलाई कसरी जोड्ने त्यस विषयमा पनि छलफल हुने उनले बताए । जसपा नेपालले जिल्लादेखि पालिका तहसम्म सङ्गठन विस्तारको अभियान सञ्चालन गरिरहेको छ । सो अभियानमा हालसम्म पार्टीको मात्र संलग्नता देखिएको छ । त्यसमा पार्टीका भातृ सङ्गठन र विभागहरूलाई पनि जोड्ने प्रयासमा जसपा नेपाल लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा