भारतले किन खोल्न थाल्यो उत्तर कोरियामा बन्द भएको दूतावास ?
नयाँ दिल्ली । भारतले उत्तर कोरियामा ३ वर्षभन्दा बढी समयदेखि बन्द रहेको आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सन् २०२१ को जुलाई २ मा उत्तर कोरियाका लागि तत्कालीन भारतीय राजदूत अतुल मलहारी गोत्सुर्भे र सारा कर्मचारीहरू मस्को भएर नयाँ दिल्ली फर्किएयता दूतावास बन्द थियो ।
उनीहरूलाई फिर्ता बोलाउनुको कारण कोभिड भनिएको थियो । उत्तर कोरियासम्बन्धी अधिकांश कुराझैँ भारतको विदेश मन्त्रालयले दूतावास बन्द गर्ने निर्णय पनि आधिकारिक रूपमा सार्वजनिक गरेन । अहिलेसम्म पनि दूतावासमा न त कोही भारतीय कर्मचारी थिए, न कोही कूटनीतिज्ञ न त केही काम नै भयो । न त विदेशमन्त्रालयले गोत्सुर्भेको स्थानमा कसैलाई प्योङयाङ नै पठायो । १४ महिना गोत्सुर्भेलाई पठाइयो तर मंगोलियाको राजदूतको रूपमा ।
तर यतिबेला विदेश मन्त्रालयले अर्ध–कूटनीतिक कर्मचारीको एउटा समूहलाई प्योङयाङ पठाएको छ । यो समूहले झन्डै साढे तीन वर्षसम्म प्रयोगविहीन बनेको दूतावास भवनलाई काम गर्न लायक बनाउन काम गरिरहेको छ । उत्तर कोरियाको सरकार जासुसीको लागि कुख्यात छ । यस्तोमा टोलीको पहिलो काम दूतावासको जाँच हुनेछ । राजदूत नियुक्तिका लागि अझै केही समय लाग्न सक्ने भनिएको छ ।
किन यस्तो कदम चाल्दैछ भारत ?
हालैका वर्षहरूमा उत्तर कोरियाको प्रभाव निकै बढेको छ । यसको कारण उत्तर कोरिया परमाणु शक्ति सम्पन्न हुनु र उसले हाइपरसोनिक मिसाइल र लामो दूरीको सफल परीक्षण गर्नु पनि हो । यस्तोमा रणनीतिक स्तरमा उत्तर कोरियाको महत्त्व चार वर्ष अघिको तुलनामा निकै बढेको छ । सञ्चार माध्यममा आएका खबरका अनुसार उत्तर कोरियाको मिसाइल प्रविधि पाकिस्तान वा पाकिस्तानका आतंकवादी संगठनको हातमा पर्ने हो कि भनेर पनि भारत सरकार चिन्तित छ । यसैले पनि सरकारले उत्तर कोरियासँग आफ्नो सम्बन्ध सुधार्न खोजेको विश्लेषणहरू आइरहेका छन् ।
क्वाड पनि हो त कारण ?
हिन्द प्रशान्त महासागरमा चीनको बढ्दो चुनौतीको सामना गर्न अमेरिका, भारत, जापान र अष्ट्रेलियाले मिलेर क्वाड नामक संस्था बनाएका छन् । क्वाडको जवाफमा रुस, चीन, इरान र उत्तर कोरियाले पनि गठबन्धनलाई मजबुत बनाएको दाबीहरू आइरहेका छन् । रुस र इरानसँग भारतको पहिलेदेखि नै बलियो सम्बन्ध छ । सरकारले चीनसँगको सम्बन्ध सुधार्ने प्रयास पनि गरिरहेको छ । यस्तो अवस्थामा भारतका लागि उत्तर कोरिया पनि महत्त्वपूर्ण बनेको छ । यही कारण भारतले उत्तर कोरियासँग पनि आफ्नो सम्बन्ध सामान्य बनाउन थालेको विज्ञहरूले बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते