सुनको गहनामा जर्तीको नाममा रकम असुल्ने कार्य बन्द गर्न आग्रह
_ahMODKHirC.jpg)
काठमाडौँ । पछिल्लो समय केही व्यवसायीले सुनको गहना बिक्रीमा जर्तीको नाममा ग्राहकसँग रकम असुल नगर्ने घोषणा गरिरहेको बेला कैयन सुनचाँदी व्यवसायीले भने अझै पनि यसलाई निरन्तरता दिइरहेका छन् ।
यसरी जर्तीको नाममा रकम असुलिँदा उपभोक्तालाई अतिरिक्त भार र राज्यले पनि राजश्व नपाउने अवस्था रहेको सरोकारवालाको भनाइ छ ।
जर्तीको नाममा रकम असुल्ने कार्य परम्परागत भएको रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्र कुमार गुप्ता बताउँछन् । उनले गहनामा जति रकम लिनुपर्ने हो लिने हो ज्यालाकै रूपमा मात्रै पारदर्शी रूपमा ग्राहकबाट लिनुपर्ने धारणा राखे । तर, जर्तीको नाममा अपारदर्शी ढंगले ग्राहकबाट अतिरिक्त असुल गरिनु गलत भएको उनको भनाइ छ ।
गुप्ताकै अगुवाइमा पछिल्लो समय सुनको गहना निर्माणमा जर्ती नलाग्ने र निश्चित रकम ज्यालाको रूपमा मात्रै लिनुपर्ने अभियान चलिरहेको छ । यो अभियानलाई पछ्याएर केही व्यवसायीले जर्ती नलिने घोषणा गरेपनि सुनचाँदीसँग सम्बन्धित संघ तथा महासंघकै संरक्षणमा जर्तीको नाममा रकम असुल्ने काम भइरहेको एक व्यवसायीले बताए ।
ती व्ययवासीले जर्तीको रूपमा ग्राहकबाट व्यापारीले रकम असुले पनि त्यस बापतको कर भने राज्यलाई दाखिला नगर्ने प्रवृत्ति रहेको बताए ।
उनले भने, ‘जर्तीको नाममा राजश्व ठगी भइरहेको छ । अब वैज्ञानिक सिस्टम आइसकेकाले परम्परागत जर्ती सिस्टम खारेज गरिनुपर्छ ।’
उनले राज्यले नै यस सम्बन्धमा स्पष्ट कार्यविधि निर्माण गर्नुपर्नेमा जोड दिए । अब पनि राज्यले यसमा ध्यान नदिनु भनेको सुन व्यापारीलाई राज्यले जर्तीको नाममा ठग्नका लागि खुलेआम छाडिदिए सरह हुने गुप्ताले समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि