भारतीय क्रिकेटर अश्विनले लिए सन्न्यास
![भारतीय क्रिकेटर अश्विनले लिए सन्न्यास](https://npcdn.ratopati.com/media/news/ravichandran-ashwin_C4fKg0iqrz.jpg)
नयाँ दिल्ली । भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले बुधबार अस्ट्रेलियाविरुद्धको तेस्रो* टेस्ट क्रिकेट बराबरीमा टुङ्गिएलगत्तै सन्न्यासको घोषणा गरेका हुन् ।
अश्विन अफ स्पिनर बलर हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अश्विनलाई क्रिकेट क्षेत्रमा गरेको योगदानप्रति धन्यवाद दिएको छ ।
अस्ट्रेलियासँगको टेस्ट बराबरीमा टुङ्गिएपछि आयोजित पत्रकार सम्मेलनमा अश्विनले भने, ‘यो अन्तर्राष्ट्रियस्तरमा भारतीय क्रिकेटका रुपमा मेरो अन्तिम दिन हो । म अन्तर्राष्ट्रिय क्रिकेटको सबै फरम्याटबाट सन्न्यास लिन गइरहेको छु ।’
अश्विनले १०६ टेस्ट म्याचमा ५३७ विकेट लिएका छन् । उनले ८ पटक एउटै म्याचमा १० विकेट लिएका छन् । ब्याटिङमा पनि अश्विनले ३ हजार ५०३ रन बनाएका छन् । उनले टेस्ट म्याचमा ६ वटा शतक बनाएका छन् ।
*सच्याइएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’