कर्णाली याक्सका अलराउन्डर गुलसनले लिए एउटै खेलमा चार क्याच
_ry1bel4Cqy.jpg)
काठमाडौँ । कर्णाली याक्सका अनुभवी अलराउन्डर गुलसन झा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको एउटै खेलमा सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार खेलिएको चितवन राइनोजविरुद्धको ‘एलिमिनेटर’ खेलमा उत्कृष्ट फिल्डिङ गर्दै उनी यो सूचिको दोस्रो स्थानमा उक्लिएका हुन् ।
चितवन राइनोजविरुद्धको खेलमा गुलसनले चारवटा क्याच लिए । उनले चितवन राइनोजका ओपनर ब्याट्सम्यान हसन इसाखिल र विपिन रावलको क्याच लिएका थिए ।
त्यसपछि उनले रवि बोपारा र सन्तोष कार्कीको क्याच पनि लिएका थिए । जारी एनपीएलमा हालसम्म गुलसनले ६ वटा क्याच लिइसकेका छन् ।
एउटै खेलमा सर्वाधिक क्याच लिने खेलाडी भने जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार साह हुन् । उनले प्रारम्भिक चरणमा खेलिएको काठमाडौँ गुर्खाजविरुद्धको खेलमा पाँचवटा क्याच लिएका थिए ।
अनिल जारी एनपीएलमा सबैभन्दा बढी क्याच लिने खेलाडी पनि हुन् । उनले हालसम्म सात खेल खेल्दै १२ वटा क्याच लिइसकेका छन् ।
सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा सुदूरपश्चिम रोयल्सका नरेश बुढा ऐर दोस्रो स्थानमा छन् । उनले हालसम्म नौवटा क्याच लिएका छन् । उनले एउटै खेलमा तीनवटा क्याच लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु