१० अर्ब आन्तरिक ऋण लिँदै सरकार
बुधबार, ०३ पुस २०८१, १३ : ०७
![१० अर्ब आन्तरिक ऋण लिँदै सरकार](https://npcdn.ratopati.com/media/news/sarbajanik-rin-byabasthapan_uSjU4jeNjn.png)
काठमाडौँ । सरकारले थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले विकास ऋणपत्रमार्फत ६ वर्षे अवधिको आन्तरिक ऋण उठाउन लागेको हो ।
बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था वा आमनागरिकले खरिद गर्न सक्नेछन् ।
यसको निष्काशन भोलि, बिहीबार हुने कार्यालयले जानकारी दिएको छ । सरकारले उक्त ऋणपत्रको साँवा भुक्तानी २०८७ पुसमा गर्नेछ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा राखेर कर्जासमेत लिन पाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ