राइनोजमाथि याक्स भारी, तस्बिरहरू

काठमाडौँ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको छ । बुधबार भएको ‘एलिमिनेटर’ खेलमा कर्णाली याक्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजलाई २१ रनले हरायो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो । जवाफमा चितवन राइनोजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक सय ५४ रनमात्र बनाउन सक्यो ।
यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण थियो । यो खेलमा पराजित भएको टोली चितवन राइनोज उपाधि होडबाट पनि बाहिरिएको छ । अब कर्णाली याक्सले भने पहिलो ‘क्वालिफायर’ खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो ‘क्वालिफायर’ खेलमा भिडन्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो