जनकपुरले जित्यो टस, पहिले ब्याटिङ गर्ने निर्णय

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्टसले टस जितेको छ । यससँगै उसले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम रोयल्स लिग चरणमा शीर्ष स्थानमा रहन सफल भएको टोली हो । टोलीले खेलेका कूल ७ मध्ये एक खेलमा मात्र बेहोर्दै १२ अङ्क बटुल्दै शीर्ष स्थान कब्जा गर्न सफल रह्यो ।
सुदूरपश्चिमले पहिलो खेलमा कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा टोलीले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक खेलमा ५ रनले मात दियो ।
आफ्नो विजयी यात्रा जारी राख्दै टोलीले जनकपुर बोल्ट्सलाई ७२ रनको विशाल अन्तरले हरायो । तर, चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले स्तब्ध बन्न पुग्यो ।
त्यसपछि भने टोलीले लगातार तीन खेलमा जित निकाल्ने क्रममा लुम्बिनी लायन्सलाई ४५ रन, काठमाडौँ गुर्खाजलाई ७३ रन तथा विराटनगर किंग्सलाई ९० रनले पराजित गर्यो ।
यता, जनकपुर बोल्ट्स भने दोस्रो स्थानमा रहेको टोली हो । टोलीले ७ खेलमध्ये ५ मा जित र २ खेलमा हार बेहोरेको थियो । टोलीले लिग चरणमा कूल १० अङ्क बटुल्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक