सेयर बजार
सपोर्ट माइक्रोफाइनान्समा लाग्यो सर्किट
बुधबार, ०३ पुस २०८१, १२ : ५२
काठमाडौँ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार कारोबार सुरु हुन साथ सपोर्टको सेयर किन्नेहरूको भीड देखियो । यसक्रममा २७५ रुपैयाँ प्रतिकित्ता मूल्य बढेको छ ।
सपोर्टको मूल्य १० प्रतिशतले बढ्दै आज प्रतिकित्ता ३०२५ रुपैयाँ पुगेको छ । बुधबार सपोर्ट माइक्रोफाइनान्सको ७०६० कित्ता सेयर खरिदबिक्री भएको छ । यसक्रममा ७८ वटा कारोबार भयो ।
मंगलबार कारोबार बन्द हुँदा प्रतिकित्ता २७५० रुपैयाँ थियो । पछिल्लो एक वर्षमा सपोर्टको मूल्य उच्च ३४५६ र न्यूनतम ९१५ रुपैयाँसम्म झरेको थियो । गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट संस्थाले १३.७७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित तामाङ लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबिबीएस अध्यापन सुरु
-
आप्रवासी श्रमिकहरूको मानवअधिकार संरक्षण गर्न आयोगको आग्रह
-
मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त
-
राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त