बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
यू–१९ क्रिकेट

सोहेल र सन्तोषको शानदार ब्याटिङ, नेपालद्वारा २ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत

बुधबार, ०३ पुस २०८१, १२ : ३६
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । नेपालको यू–१९ टोलीले दोस्रो एकदिवसीयमा हङकङ यू–१९ टोलीसामु जितका लागि २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोहेल कुँवर र सन्तोष यादवको शानदार अर्धशतकको मद्दतले नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९७ रन बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर सोहेल कुँवरले सर्वाधिक ८१ रनको योगदान दिए । उनले १०९ बलमा ९ चौका र १ छक्का प्रहार गरे । 

त्यस्तै, सन्तोष यादवले पनि अर्धशतकीय इनिङ्स खेले । उनले ५४ बलमा ६६ रन जोडे । उनले ५ चौका प्रहार गरे । विकेटकिपर दिलसाद अलिले ५४ बलमा ४१ रन जोडे । उनले २ चौका र १ छक्का हिर्काए ।

त्यसैगरी कप्तान अभिषेक तिवारी २३ बलमा २६ रन जोड्दै पभेलियन फर्किए । सिब्रिन श्रेष्ठले २७ बलमा १४ रन बनाए ।

हङकङका लागि ड्यानियल म्यापले ३ विकेट लिए भने अब्दुल समादले २ विकेट हात पारे । थोमस अलेक्सान्डर फुजेस, प्रित मंगुकिया र ह्यारी हडसनले १–१ विकेट लिए ।

हङकङको टोली नेपालको भ्रमणमा रहेको छ । पहिलो खेलमा नेपाली टोली ३ विकेटले विजयी बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप