फोटोफिचर
सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण (तस्बिरहरु)
बुधबार, ०३ पुस २०८१, १२ : १२

काठमाडौँ । काठमाडौंको सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण चल्दैछ । काठमाडौँ महानगरपालिकाले १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँमा लगाएको ठेक्काअनुसार ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको खेलमैदान बन्नेछ।
स्टेडियमको ड्रइङ्, डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको हो । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ ।
यसमा २८ वटा चारपांग्रे र १७८ दुईपांग्रे सवारीसाधन अट्ने पार्किङस्थल, ३९ कोठे शौचालय, एक फिजियोथेरापी कक्ष, ६ ड्रेस चेन्जिङ रुमलगायत संरचना पनि बन्नेछन्। पुनर्निर्माणको काम चैत मसान्तभित्र सक्ने गरी ठेककामा लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरिक्षमा डेटा सेन्टर खोल्दै छ अमेरिकी कम्पनी
-
टीकाको गीतसंग्रह ‘माटोको सुगन्ध’ लोकार्पण
-
माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी
-
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
-
दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै
-
पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण