जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छ: गृहमन्त्री

रुपन्देही । गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । बुधबार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानुनसम्मत रूपले गर्ने बताए ।
उनले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताए । उनले शान्ति सुरक्षासँग जोडिने प्रहरी सङ्गठनलाई दुरुपयोग गर्न नहुने बताए । प्रहरी सङ्गठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रूपले प्रयोग गर्न नहुने उनको भनाइ छ ।
अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको बताए । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भई कारागार पठाइएको बताए ।
गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनैपनि मानव अधिकारको उल्लङ्घन नभएको बताए । लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लङ्घन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लङ्घन नहुने हो भन्दै उनले प्रश्न गरे ।
गृहमन्त्री लेखकले गितेन्द्रबाबु राई (जीवी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताए । उनले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताए ।
गृहमन्त्री लेखकले संघ प्रहरीको कानुन नयाँ बनाउने काम भइरहेको बताए । सशस्त्र प्रहरी ऐन पनि नयाँ बनाउने गरी सरकार अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचन : कुन संगठनले कति कलेजमा जिते ?
-
सुनिता र बुचको सफल पुनरागमनबारे के भन्छन् एलन मस्क ?
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति घिमिरेले मागे क्षमायाचना
-
होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नेतृत्वमा दामोदर नेपाल
-
अख्तियारसहित ५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुँदै
-
पुलिस क्लबका बलरसामु निरीह बने गण्डकी प्रदेशका ब्याट्सम्यान