बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

तनाव भगाउन चाहनु हुन्छ ? शरीरमा यसरी बढाउनुस् ह्याप्पी हर्मोन

बुधबार, ०३ पुस २०८१, ११ : ५०
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । भाग दौडपूर्ण जीवनशैलीबिच तनावमा रहनु नयाँ कुरा होइन । कहिले हामीलाई काम वा कार्यालयको तनाव हुन्छ । कहिले हेडलाइनमै काम भ्याउनु पर्ने चिन्ताले सताउँछ । 

कहिलेकाहीँ आपसी सम्बन्धमा तनाव उत्पन्न हुन्छ । अरू त अरू आज बेलुकाको खानामा के– के पकाउने वा खाने भन्ने तनाव पनि हुन्छ होला कसैलाई । यस्ता हरेक तनावले तपाईंको मुडलाई असर गर्छ । जसका कारण शरीरमा खुसी हर्माेनको स्तर पनि कम हुन्छ । त्यसैले हरेक पटक समय वा मौका पाउने बित्तिकै आफूलाई खुसी राख्ने काम गर्नुहोस् । साधारण चीजहरू अपनाएर पनि हामी हाम्रो शरीरमा खुसी हर्मोन बढाउन सक्छौं ।

खुसी हर्माेन बढाउन के गर्ने ?

  • आफूलाई मनपर्ने गीतहरू सुन्ने

मानसिक स्वास्थ्य वा दिमागलाई आराम दिन संगीत निकै राम्रो विकल्प हो । मनपर्ने संगीत वा गीत सुन्दा मन स्वतः प्रफुल्लित हुन्छ । संगीत मन नपराउने मान्छे यो संसारमा सायदै होला । मनपर्ने संगीत वा गीत शरीरमा खुसी हर्माेनको स्तर बढाउन उत्तम तरिका हुन सक्छ । मनपर्ने गीत सुन्दा शरीरमा डोपामाइनको स्तर बढ्छ र दिमागलाई पनि आराम मिल्दछ ।

  • ध्यान लगाउने

ध्यानले दिमागलाई शान्त राख्छ । खुसी हर्माेन बढाउन ध्यान राम्रो औषधि साबित हुन सक्छ । नियमित रूपमा ध्यान गर्नाले खुसी हर्माेनको स्तरमा सुधार हुन्छ । ध्यान गर्दा विशेष गरी मुडलाई राम्रो बनाउन सघाउने सेरोटोनिन हर्माेन बढ्छ । अझ घाममा बसेर ध्यान गर्नुभयो भने त सुनमा सुगन्ध भने झैँ हुन्छ ।

  • व्यायाम गरिरहने

शरीरमा खुसी हर्माेनको स्तर कायम रहोस् भन्ने तपाई चाहनुहुन्छ भने व्यायाम अवश्य गर्नुहोस् । व्यायामले शरीरबाट तनाव हटाउँछ । टक्सिन पनि कम हुन्छ । जसले मुडमा राम्रो असर गर्छ । साथै एन्डोर्फिन हर्माेनको स्तरमा पनि सुधार हुन्छ । जसले मनलाई शान्त राख्छ ।

  • सामाजिक जीवन  

सामाजिक सञ्जालको युगमा मानिसहरू मोबाइलको स्क्रिनसँग नजिक र अरू मान्छेबाट टाढा भएका छन् । खुसी रहनका लागि तपाईंको साथीभाइहरूसँग भेटघाट गर्नुस् । आफन्तहरूलाई भेटिरहनुस् । यिनीहरूसँग कुराकानी गर्नुहोस् । मानिसहरूसँग कुराकानी गर्दा र भेटघाट गर्दा शरीरमा खुसी हर्माेनको स्तर बढ्छ ।

  • खानपानमा ख्याल राख्ने

स्वस्थ आहारले पनि हर्माेन रिलिजमा ठुलो प्रभाव पार्छ । आहारमा धेरै चिल्लो र मर–मसलाहरू छन् भने पाचन प्रक्रिया ढिलो हुन्छ । यसले मुडलाई पनि असर गर्छ । तर आहार स्वस्थ छ भने मुड पनि राम्रो हुनेछ । किनभने स्वस्थ आहारले खुसीको हर्माेन बढाउँछ । यस बाहेक डार्क चकलेट, ड्राई फ्रुट्स र फलफूल जस्ता चीजहरू समावेश गरेर आफ्नो आहारलाई रोचक र स्वस्थ्यकर बनाउन सकिन्छ ।

  •   योग गर्ने

खुसी हर्माेनको स्तर बढाउन योग अर्को एउटा राम्रो तरिका हो । योग गर्नाले तनाव हट्छ । शरीरको शक्ति पनि बढ्छ । अनि मस्तिष्कलाई पनि ऊर्जा प्राप्त हुन्छ । योग मुड सुधार गर्न एक राम्रो विकल्प हुन सक्छ ।

अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनमा उपलब्ध सामाग्रीहरूबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप