पुस ९ गतेदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

काठमाडौँ । पुस ९ गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ ।
मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २४ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएको हो । पोखराको शाहसिक पर्यटनलाई नयाँ उचाईमा पु¥याउदै अन्तर्राष्ट्रिय बेलुन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।
महोत्सवबारे जानकारी दिँदै बेलुन नेपालका प्रवन्ध निर्देशक सविन महर्जनले नेपालमा शाहसिक पर्यटनलाई नयाँ उचाईमा पुर्याउन बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागेको बताए ।
पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ नेपालमा पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताए ।
९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुनहरू पोखरेली आकाशको उच्च उचाईमा पुग्ने बताए ।
महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै शाहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको बताए । अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा सयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशका प्रतिनिधित्व हुने उनले जानकारी दिए ।
महोत्सवको बजेट ७ करोड अनुमान गरिएको छ ।
४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खालासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकले बताएको छ । कार्यक्रमको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन पुगेर नारायणकाजीले भने– मलाई बोल्न अवरोध गर्न खोजियो
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
कंगोमा जारी युद्धमा ७ हजार मारिए
-
पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’
-
७ महिनामा ५२ करोडको कोदो आयात
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा