भिनिसियसलाई फिफा बेस्ट अवार्ड, एन्चेलोटी बने वर्षको उत्कृष्ट प्रशिक्षक
दोहा । रियल मड्रिड तथा ब्राजिलियन विंगर भिनिसियस जुनियरले फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार जितेका छन् ।
२३ वर्षीय खेलाडी र उनको क्लबले हालै आयोजना गरिएको बालोन डी’ओर अवार्ड बहिस्कार गरेका थिए । त्यतिबेला उक्त अवार्ड म्यानचेस्टर सिटीका रोड्रीलाई प्रदान गरिएको थियो । दोहामा आयोजित फिफा बेस्ट अवार्ड भने उनले जित्न सफल भए ।
सन् २०२३–२४ सिजनमा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताउन २४ वर्षीय खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले २४ गोल गर्नुका साथै ११ वटा गोलको अवसर सिर्जना गरेका थिए ।
भिनिसियसले यो अवार्ड जितेको पहिलो अवसर हो । स्पेनका युरो २०२४ विजेता मिडफिल्डर रोड्री दोस्रो स्थानमा रहे भने इंग्ल्याण्ड तथा रियलका मिडफिल्डर जुड बेलिङह्याम तेस्रो स्थानमा रहे ।
बार्सिलोनाकी मिडफिल्डर ऐटाना बोनमातीले वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि जितिन् । त्यस्तै, रियलका म्यानेजर कार्लो एन्चेलोटी पनि उत्कृष्ट घोषित भए ।
वर्षको उत्कृष्ट टोलीमा प्रिमियर लिगबाट ५ खेलाडी र रियल मड्रिडबाट पाँच खेलाडी परेका छन् । यसमा भिनिसियससहित अर्लिङ हालान्ड (म्यानचेस्टर सिटी), लमिन यामाल (बार्सिलोना), टोनी क्रुस (रियल मड्रिड), रोड्री (म्यानचेस्टर सिटी), जुड बेलिङह्याम (रियल मड्रिड), एन्टोनियो रुडिगर (रियल मड्रिड), ड्यानी कार्भाहाल (रियल मड्रिड), विलियम सालिबा (आर्सनल), रुबेन डियास (म्यानचेस्टर सिटी) र एमिलियानो मार्टिनेज (एस्टन भिल्ला) छन् ।
म्यानचेस्टर युनाइटेडका विंगर एलेहान्द्रो ग्रानाचोले पुस्कास अवार्ड जिते । गत नोभेम्बर २०२३ मा एभर्टनलाई ३–० ले हराउँदा उनले बाइसाइकल किकबाट गरेको गोल उत्कृष्ट ठहर भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउन किर डराउँछन् आमिर ?
-
हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन
-
केही लागेन चितवन राइनोजको, कर्णाली याक्स क्वालिफायरमा
-
त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ: सुमना श्रेष्ठ
-
सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण (तस्बिरहरु)
-
जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छ: गृहमन्त्री