कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग
बुधबार, ०३ पुस २०८१, ०४ : ४०
![कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग](https://npcdn.ratopati.com/media/news/gonzalez_wQpXsijSOO.jpg)
काठमाडौं । कोपा इटालियाको राउण्ड अफ सिक्सटिनमा युभेन्ट्सले कालियरीलाई फराकिलो अन्तरले हराएको छ ।
घरेलु मैदानको फाइदा उठाउँदै युभेन्ट्सले कालियरीविरुद्ध चार गोल गरेको हो । युभेन्ट्सलाई जिताउन दुसान भ्लाहोविक, यून, फ्रान्सिस्को र गोन्जालेजले गोल गरे ।
पाहुना टोलीले भने एउटा पनि अवसर सिर्जना गर्न सकेन । योसँगै युभेन्टसको क्वार्टरफाइनल भिडन्त पक्का भएको छ । अब युभेन्ट्सको क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग हुनेछ ।