वुमन्स च्याम्पियन्स लिग : चेल्सीको लगातार छैठौं जित, रियाल स्तब्ध
बुधबार, ०३ पुस २०८१, ०२ : १२

काठमाडौं । युईएफए वुमन्स च्याम्पियन्स लिग अन्तर्गत चेल्सी वुमेनले रियाल मड्रिडलाई हराएको छ । रियालको घरेलु मैदानमा भएको खेलमा चेल्सीले २-१ गोल अन्तरले हराएको हो ।
चेल्सीका लागि क्याटरिना माकारियोले दुबै गोल पेनाल्टीमा गरिन् । सुरुवाती अग्रता भने रियाल मड्रिडले लिएको थियो । रियालका लागि क्यारोलिन वाइरले गोल गरेकी हुुन् ।
समूह बीमा रहेका यी दुईले अघिल्लो चरण प्रवेशमा आफुलाई सुरक्षित गरेका छन् । समूहका शीर्ष दुई टोली अघिल्लो चरण पुग्ने नियम छ । ६ खेलबाट चेल्सीको १८ अंक हुँदा रियालको १२ अंक छ । अपराजित चेल्सीको यो लगातार छैटौं जित हो भने रियालले समूह चरणका दुई खेल गुमाएको छ । चेल्सी एक खेल बाँकी हुँदै समूह विजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्दा रियाल समूह उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
-
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट