जीबी राईलाई लिलाले पठाइन् क्रिप्टोमार्फत ३ करोड नेपाली रुपैयाँ

काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईले क्रिप्टो मार्फत अवैध तवरबाट अर्को मुलुकमा पैसा लगेको भेटिएको छ । सूर्यदर्शन सहकारीको रिसेप्सनमा काम गर्ने लिला पछाई मार्फत उनले रकम लगेका हुन् ।
नेपालमा अभौतिक मुद्रा (क्रिप्टो) कारोबार अवैध मानिन्छ । तर, पछाईंले उनलाई ३ करोड नेपाली रुपैयाँ क्रिप्टो अकाउन्ट मार्फत पठाएको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले उनीहरू दुवैलाई अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको भन्दै राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको छ ।
प्रहरीले रास्वपाका सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएको छ । पछाई र राईलाई ४ वटा कसुर र अन्यलाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न प्रहरीले राय दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीहरुविरुद्ध पुस ५ मा मुद्दा दायर गर्दै छ ।
रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम बिगो कायम गर्न मागदाबी लिनुपर्ने राय दिइएको कास्कीका डीएसपी वसन्त शर्माले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा
-
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
-
को हुन् जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्ज ?
-
कर्णालीमा बन्दै ‘तरल नाइट्रोजन प्लान्ट’ : भवनको डीपीआर बनाउन मात्रै ४० लाख खर्च