राखेप कर्मचारी संघमा ५ सदस्य मनोनीत
मङ्गलबार, ०२ पुस २०८१, १९ : १६
![राखेप कर्मचारी संघमा ५ सदस्य मनोनीत](https://npcdn.ratopati.com/media/news/rakhepa_NUMH7GdD1r.jpg)
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले केन्द्रीय कार्यसमितिमा ५ कर्मचारीलाई सदस्यमा मनोनीत गरेको छ ।
संघकी अध्यक्ष सरस्वती केसी भण्डारीको अध्यक्षतामा बसेको बैठकले ३ स्थायी र २ करार गरी ५ कर्मचारीलाई सदस्यमा मनोनीत गरेको संघका महासचिव कुमार बस्नेतले जनाएका छन् ।
स्थायीतर्फ गण्डकी प्रदेशबाट डम्बरबहादुर नेपाली, कर्णाली प्रदेशबाट राम ओली र केन्द्र (राखेप) बाट अमृता घिमिरेलाई मनोनीत गरियो । करारतर्फ नारायणहरि थापा र रामकुमार थारु मनोनीत भए ।
महासचिव बस्नेतका अनुसार कर्मचारी संघमा करार कर्मचारीलाई पहिलोपटक केन्द्रीय कार्यसमितिमा समावेश गरिएको हो । ५ सदस्यको मनोनयनसँगै केन्द्रीय कार्यसमितिले पूर्णता पनि पाएको छ । केन्द्रीय कार्यसमिति ३५ सदस्यीय रहने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल विधेयकविरुद्ध अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने
-
विराटनगर नागरिक अभियानद्वारा सामाजिक सञ्जाल विधेयक विरुद्ध प्रदर्शन गर्ने
-
टिकटकरसँगको फोटो राखेर ओलीले हाने प्रचण्डलाई झटारो
-
‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक
-
श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग
-
विपद् व्यवस्थापनमा सरकारको भूमिका खोज्दै बागमतीका सांसद