दुर्गा प्रसाईंका तर्फबाट पुन: बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट पुन: बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै छोरा निराजन प्रसाईँका तर्फबाट बुधबार बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको हो ।
जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गर्ने आदेश गरेपनि प्रहरीले अन्य अभियोगमा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेर म्याद थप गरेपछि प्रसाईंका तर्फबाट बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको छ ।
यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थियो । उक्त निवेदन खारेज भएको थियो । निवेदनमा उनी क्यान्सर जस्तो गम्भीर रोगको बिरामी भएको तर सरकारले दुःख दिने नियतले अन्य मुद्दा समेत लगाउन सक्ने भएकाले २४ घण्टाभित्र झिकाउन र रिहा गर्नु भनी आदेश दिन जिकिर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग
-
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला: मेटमणि चौधरी