‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख जापान

टोकियो । कोइला र ग्याँसमाथिको निर्भरता घटाउन जापानले सन् २०४० सम्ममा नवीकरणीय ऊर्जालाई आफ्नो ऊर्जाको शीर्ष स्रोत बनाउने योजना बनाएको छ ।
नयाँ योजनाअन्तर्गत सन् २०४० सम्ममा विद्युत् उत्पादनमा सौर्य र वायुजस्ता नवीकरणीय ऊर्जाको अंश ४० देखि ५० प्रतिशत पुग्ने अपेक्षा गरिएको हो ।
यो अघिल्लो वर्षको २३ प्रतिशत र सन् २०३० सम्ममा ३८ प्रतिशत कायम गर्ने लक्ष्यभन्दा बढी हो ।
प्राकृतिक श्रोत तथा ऊर्जा निकायले जारी गरेको योजनालाई सरकारी विज्ञहरूले समीक्षा गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्ने भएका छन् ।
जापानले ऊर्जा आपूर्ति र डेकार्बोनाइजेसन दुवै सुनिश्चित गर्न एउटै ऊर्जा स्रोतमा धेरै निर्भर हुनबाट बच्ने लक्ष्य राखेको मस्यौदामा भनिएको छ ।
यसले युक्रेन युद्धदेखि मध्यपूर्वको अशान्तिसम्मका ऊर्जा रेखाहरूलाई असर गर्ने भूराजनीतिक चिन्ताहरू पनि नवीकरणीय र आणविक ऊर्जामा परिवर्तन भएको बताएको छ ।
सन् २०२३ मा जापानको लगभग ७० प्रतिशत बिजुलीको आवश्यकता कोइला, ग्यास र तेल जलाउने बिजुली प्लान्टहरूले पूरा गरेको थियो ।
यो सङ्ख्या सन् २०४० सम्ममा ३० देखि ४० प्रतिशतमा झार्ने सरकारको चाहना छ । यसअघि घोषणा गरिएको सन् २०३० लक्ष्यमा हाइड्रोजन र अमोनिया समावेश गर्दा ४१ प्रतिशत वा ४२ प्रतिशत थियो ।
नयाँ योजनाहरूले सन् २०२३ मा ९८५ बिलियन किलोवाट घण्टा (केडब्लुएच) बाट सन् २०४० सम्म समग्र बिजुली उत्पादनमा १० देखि २० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै