रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात
मङ्गलबार, ०२ पुस २०८१, १८ : ३७

काठमाडौँ । सरकारसँग ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । मंसिर मसान्तसम्मको तथ्यांक अनुसार ९८ हजार ४३३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
यसमध्ये युरिया ६८ हजार ७९७ मेट, डीएपी २३ हजार ४३९ मेट र पोटास ६ हजार १९६ मेट मौज्दात छ । कृषि सामाग्री लिमिटेड र साल्ट टेडिङ्ग कम्पनी लिमिटेडले रासायनिक मल आयात गर्दै आएका छन् ।