दलित सशक्तीकरण विधेयक छिट्टै पास गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सभामा पेस भएको दलित सशक्तीकरण सम्बन्धी विधेयक छिट्टै पास हुने बताएका छन् । दलित अधिकारका लागि एकीकृत आन्दोलनका अगुवाहरूसँग मंगलबार आफ्नै कार्यकक्षमा भेट गर्दै मुख्यमन्त्री कँडेलले आफूले प्रदेश सरकारको नेतृत्व सम्हालेपछि प्रदेश सभामा पेस भएको उक्त विधेयक हाल विषयगत समितिमा छलफलको क्रममा रहेको जानकारी दिए ।
अघिल्लै कार्यकालमा पास हुनुपर्ने उक्त विधेयकमा राखिएका प्रस्तावित विषयहरूलाई छलफल गरेर निष्कर्षमा पुर्याउने काम विषयगत समितिले गरिरहेकाले समितिलाई सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने कँडेलले बताए।
‘प्रदेशसभामा छिटोभन्दा छिटो प्रतिवेदन बुझाउने गरी समितिले आफ्नो काम गरिरहेको मैले जानकारी पाएको छु,’ उनले भने, ‘तपाईंहरुका तर्फबाट पनि कुनै विषयहरू छन् भने समितिका सदस्यहरूलाई जानकारी गराउनुहोला ।’
प्रदेश सभाको अघिल्लो कार्यकालमा पेस पनि दलित सशक्तीकरण सम्बन्धी विधेयक प्रदेश सभामा टेबलनै नभई फिर्ता भएको थियो । यस पटक उक्त घटना नदोहोरिने कँडेलले प्रतिबद्धता जनाए ।
कँडेलले दलित समुदायको हक, हित र उत्थानको लागि प्रदेश सरकारको तर्फबाट विशेष ध्यान गएको बताउँदै यस वर्ष कार्यान्वयन हुने गरी ५ करोड विनियोजन गरेको पनि जानकारी गराए ।
दलित विधेयक ६ वर्षदेखि प्रदेश सभाबाट पास हुन नसकेको भन्दै दलित अधिकारका लागि एकीकृत आन्दोलनको संस्थाले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो । आन्दोलनका अगुवाहरूलाई मुख्यमन्त्री कँडेलले आफै बोलाएर छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ