संगठन विभागमा बेदुराम, प्रकाशको भागमा प्रचार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजनमा अझै सहमति जुटाउन सकेको छैन । सहमति जुटाउन नसकेकाले मंगलबारको स्थायी कमिटीमार्फत सार्वजनिक गर्ने भनिएको कार्यविभाजन दुई दिनपछि मात्र सार्वजनिक गर्नेगरी बैठक सकिएको छ ।
स्रोतका अनुसार संगठन विभागको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू बेदुराम भुसाल र घनश्याम भुसालको दाबी रहेपनि बेदुराम भुसालका नाममा सहमति जुटेको छ ।
‘बेदुराम भुसालले संगठन विभाग र प्रकाश ज्वालाले प्रचार विभाग पाउने निश्चित भयो । त्यसबाहेकमा सहमति जुटाउने क्रम जारी छ’, एकीकृत समाजवादीका एक पदाधिकारीले भने,‘विदेश विभागलगायत अन्य विभागबारे छलफल चलिरहेको छ ।’
मंगलबारको स्थायी कमिटी बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले एक दुई दिनभित्र कार्यविभाजन टुंग्याउने जानकारी दिएका हुन् ।
त्यसैगरी विदेश विभागमा प्रमेश हमाल र स्कुल विभागमा झलनाथ खनालको पनि लगभग सहमति जुटेको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश