एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छन् ।
त्यस्तै महासचिवको नेतृत्वमा उपमहासचिवहरु सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय भएको छ । नेताहरुको कार्यविभाजन भने दुई दिन पछि गर्ने निर्णय गरेको मंगलबारको स्थायी समिति बैठक सकिएपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै एकीकृत समाजवादीले पार्टीलाई जनतासँग जोड्न र जनताका दैनिक समस्या पहिचान गरेर जनसंघर्ष वा आन्दोलन गर्ने निर्णय पनि गरेको छ । जनसङ्घर्षका कार्यक्रम तयार गरेर सार्वजनिक गर्ने खतिवडाको भनाइ छ ।
साथै बैठकले कुनै पनि कम्युनिस्ट पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको छ , तर एजेन्डाका आधारमा सहकार्य गर्न सक्ने विकल्प भने खुलै राखेको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधिवत विदा भएको राजतन्त्र फर्कने सम्भावना छैनः डा. भट्टराई
-
राजाको शासन कस्तो हुन्छ भनेर राजावादीहरूले तीनकुनेमा चरित्र देखाए : गृहमन्त्री लेखक
-
उद्योगमा लोडसेडिङ अन्त्य भएको भन्दै नेपाल धागो उत्पादक संघ हर्षित
-
आगजनी तथा लुटपाटका घटनाप्रति चेम्बरको आपत्ति
-
राजावादीको आन्दोलनमा सरकारी गाडी जलेपछि कर्मचारी निलम्बन, छानबिन समिति गठन
-
स्वागत नेपाल रिहा