भिसा फ्री ट्रान्जिटको म्याद थपेर चीनले पुर्यायो १० दिन

बेइजिङ । चीनले विदेशी पर्यटकहरूलाई आकर्षित गर्न भिसा फ्री ट्रान्जिटको म्याद तेब्बर बनाएको छ । चीनको अध्यागमन विभागले हवाई यात्रुको भिसा फ्री ट्रान्जिटको म्याद थपेर २४० घण्टा अर्थात् १० दिन बनाएको हो ।
यस अघि भने गन्तव्य अनुसार योग्य यात्रीहरू ७२ घण्टा वा १४४ घण्टासम्म मात्रै चीनमा बस्न पाउँथे । चीनको भिसा प्रक्रिया निकै जटिल छ । यस्तोमा चीन घुम्न चाहने अधिकांश ट्रान्जिटको प्रयोग गर्दै आएका छन् ।
यो नीति अमेरिकासमेत ५० भन्दा बढी देशका नागरिकहरूमा लागू हुनेछ । चीनले विदेशी आगन्तुकको सङ्ख्या बढाउन खोजिरहेको छ । कोभिडको महामारीपछि सीमा खुलाएयता विदेशी पर्यटक तान्न चीनले नीतिमा कयौँ पटक ठुला हेरफेर गरिसकेको छ ।
सरकारको यस कदमको असर देखिएको पनि छ । सन् २०२४ मा मुख्यभूमि छिर्ने विदेशीको सङ्ख्या सन् २०१४ को कीर्तिमानी स्तरको तीन चौथाइमा पुगेको राष्ट्रिय अध्यागमन प्रशासनको डेटाले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि
-
सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित
-
‘कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो’