राजस्व परिचालन क्षमता सुधारमा संर्घषरत छौँ : अर्थमन्त्री
मङ्गलबार, ०२ पुस २०८१, १६ : २९

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व परिचालन क्षमता सुधारमा प्रयासरत रहेको बताएका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालजस्ता अल्पविकसित देशहरू राजस्व क्षमता परिचालन सुधारमा केन्द्रित रहेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले भने, ‘बजेट योजना, स्रोतको परिचालन, प्रभावकारी परियोजना कार्यान्वयन, खर्च व्यवस्थापन लगायत क्षेत्रमा पनि अल्पविकसित देश संर्घषरत छन् ।’
मन्त्री पौडेलले डिजिटल कारोबारलाई करको दायरामा ल्याउनका लागि कर प्रशासनको सुधारमा पनि केन्द्रित भएको बताएका छन् । पौडेलले विश्वव्यापी रूपमा देखिएको आर्थिक असमानता, बढ्दो ऋणभार, महँगी लगायतका मुद्दालाई सामूहिक प्रयासबाट पार लगाउनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्