देशको सबैभन्दा ठुलो भ्रष्टाचार घोटालाका दोषीलाई चीनमा फाँसी दिइयो

बेइजिङ । चीन सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ । यही नीतिका कारण चीन सरकारले अर्को एक शीर्ष अधिकारीलाई मृत्युदण्ड दिएको छ ।
मंगलबार चीनको उत्तरी इनर मंगोलिया स्वायत्त क्षेत्रका पूर्व अधिकारी लि जियानपिङलाई फाँसी दिइएको समाचारमा उल्लेख छ । ली चीनको सबैभन्दा ठुलो भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । यो भ्रष्टाचार ४२ करोड अमेरिकी डलरभन्दा बढीको भएको बताइएको छ ।
ली चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको कार्यसमितिका सदस्य थिए । उनलाई यसअघि २०२२ को सेप्टेम्बरमा मृत्युदण्डको सजाय सुनाइने तय भएको थियो । तर उक्त सजायविरुद्ध उनले पुनरावेदन गरे ।
पुनरावेदनपछि पनि चीनको सर्वोच्च अदालतले उक्त सजायलाई कायम राखेपछि लीलाई मृत्युदण्ड दिइएको हो । चिनियाँ सञ्चारमाध्यमका अनुसार लीलाई अदालतले ४२ करोड अमेरिकी डलरको अवैध आम्दानी गरेको आरोपमा दोषी ठहर गरेको थियो ।
यसलाई चीनको इतिहासकै सबैभन्दा ठुलो घोटाला भनिएको छ । मंगलबार फाँसी दिनु अघि ६४ वर्षका लिलाई परिवारसँग समय बिताउन दिइएको भन्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले समाचारमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सिमेन्टको मूल्य
-
स्पेनमा खानीमा भएको दुर्घटनामा दुईको मृत्यु, चार बेपत्ता
-
घिब्ली शैलीको एआईचित्रबारे चर्कियो बहस : यो कलाको अपमान हो
-
मिल्न छाडेर एकअर्काविरुद्ध लाग्दै गैरआवासीय नेपाली संघका दुई पक्ष
-
ईयू कोष दुरुपयोग मामिलामा दोषी भेटिइन् मरिन लि पेन
-
पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?