ट्रम्प र टिकटकका सीईओबिच भेटघाट, के भयो कुराकानी ?

वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्प र चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकका सीईओबिच भेटवार्ता भएको छ ।
मार–ए–लागोमा ट्रम्पले सोमबार मध्याह्न शाओ चियूलाई भेटेको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । अमेरिकामा एपको प्रयोगमाथि प्रतिबन्धको म्याद नजिकिँदै गर्दा कम्पनीले अमेरिकी सर्वोच्च अदालतसँग गुहार मागेकै समयमा ट्रम्प र चिउबिच भेटघाट भएको हो ।
नोभेम्बर ५ मा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पले जित हात पारेयता यी दुईबिचको यो पहिलो भेट ठानिएको छ । ट्रम्प दोहोर्याएर राष्ट्रपति बनेदेखि नै चिउले उनलाई भेट्ने प्रयास गरिरहेका थिए ।
यसअघि डिसेम्बरको सुरुमा उनलाई फ्लोरिडामा रहेको ट्रम्पको एउटा रिसोर्टमा देखिएको थियो । तर त्यतिबेला यी दुईबिच भेट भए नभएको थाहा हुन सकेको छैन । राष्ट्रपतिको चुनाव जितेयता ट्रम्पले अमेरिकाका ठुला प्रविधि कम्पनीका शीर्ष कार्यकारीहरूलाई धमाधम भेटिरहेका छन् ।
बाइटडान्सले टिकटकको अमेरिकी व्यवसाय बेचेन भने जनवरी १९ देखि यसमाथि अमेरिकामा प्रतिबन्ध लाग्नेछ ।
यो शर्त टिकटकले पूरा गरेन भने टिकटक राख्ने अमेरिकी एप स्टोर र यो चलाउन दिने इन्टरनेट सेवा प्रदायकहरूले पनि ठुलो जरिवानाको सामना गर्नु पर्नेछ । ट्रम्पले सोमबार टिकटकप्रति फरक दृष्टिकोण राख्न सक्ने संकेत गरेका छन् । तर उनले यसको विस्तृत विवरण भने दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक