राष्ट्र बैंकले तेस्रोपटक पनि किन रद्द गर्यो ‘इमेल सेक्युरिटी गेटवे’को ठेक्का ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले इमेल सेक्युरिटी गेटवेको ठेक्का प्रक्रिया तेस्रो पटक पनि रद्द गरेको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा विभागले कात्तिक १४ गते खुलाएको उक्त विडिङ तेस्रो पटक समेत रद्द गरेको हो ।
इमेल सेक्युरिटी गेटवे पठाइएको र प्राप्त भैरहेको इमेल निगरानीको लागि प्रयोग गरिने उपकरण वा सफ्टवेयर हो। यस्तो गेटवेले असुरक्षित सामाग्री रोक्न र राम्रो इमेल डेलिभर गर्न डिजाइन गरिएको हो । स्पाम, फिसिङ आक्रमण, मालवेयर वा जालसाजीयुक्त सामाग्री रोक्न यस्तो ठेक्का आह्वान गरिएको कार्यकारी निर्देशक सुमन कुमार अधिकारी बताउँछन् ।
तर, राष्ट्र बैंकले अनुमान गरेको लागत बजेटमा बोलपत्र नपरेपछि उक्त ठेक्का प्रक्रिया नै रद्द गरिएको कार्यकारी निर्देशक अधिकारीको भनाइ छ । ‘सुरक्षा गेटवेको लागत हामीलाई थाहा हुँदैन, हामीले अनुमान गरेको लागतभित्र सेवा दिने नपाएपछि ठेक्का नै रद्द गरिएको हो,’ अधिकारीले भने ।
यसअघि पनि राष्ट्र बैंकले जेठ ९ गते यस्तो ठेक्का खुलाएको थियो । असार १४ मा उक्त ठेक्कालाई रद्द गरिदिएको थियो । अहिले दोस्रोपटक खुलाएको ठेक्का समेत फेरि रद्द गरिएको हो ।
त्यसअघि गत चैत १३ गते खुलाएको ठेक्का बैशाख ९ गते खारेज संशोधन गरिएकोमा पछि फेरि नयाँ ठेक्का आह्वान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीएसमार्फत कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ, के भन्छ ईपीएस शाखा कार्यालय ?
-
माघ महिनामा तीन हजार बढी फरार प्रतिवादी पक्राउ
-
२०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई कांग्रेस सांसदको सुझाव
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
रौतहटमा युवकको शव फेला
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट