सहकारी ठगीमा संलग्नहरू पानीमुनि गएपनि प्रतिवेदनले छाड्दैन : सूर्य थापा
![सहकारी ठगीमा संलग्नहरू पानीमुनि गएपनि प्रतिवेदनले छाड्दैन : सूर्य थापा](https://npcdn.ratopati.com/media/news/surya-thapa-(4)_QYdc6wBJvE.jpg)
काठमाडौँ । एमाले सांसद तथा सहकारी छानबिन समितिका सभापति सूर्यबहादुर थापाले सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरू जहाँसुकै भएपनि जोगिने अवस्था नरहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले भने, ‘सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरू अब जहाँसुकै भएपनि जोगिने अवस्था छैन ।’
छानबिन प्रतिवेदनले सहकारी ठगीमा संलग्नहरुलाई प्रतिवेदनका आधारमा सरकारले कारबाहीको दायरामा ल्याउने बताए ।
‘पानीमुनि गएपनि छाड्दैन, आकाशमै गएपनि छोड्दैन । पाताल मुनि गएपनि छाड्दैन । यो एउटा राष्ट्रिय जागरण, जागृति र कर्तव्यबोधको अनुभूति प्रतिवेदनले गरेको छ’, थापाको भनाइ छ ।
थापाको नेतृत्वमा सहकारीको रकम हिनामिना र अपचलनबारे संसदीय छानबिन समिति बनेको थियो । त्यही प्रतिवेदनका आधारमा अहिले रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशीलगायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
उनले पाँचवटा पार्टीको सहमतिमा प्रतिवेदन बनेको भन्दै पछिल्लो समय प्रतिवेदन एक जना मानिसमा मात्र केन्द्रित भएको भनेर तुवाँलो छर्ने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई दण्ड र जरिबानाको तरबार !
-
चितुवाको छालासहित युवक पक्राउ
-
राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी
-
नेपाली कामदारलाई लक्षित गरी मलेसियामा बीमा सम्बन्धी अन्तरक्रिया
-
‘सङ्क्रमणकालीन न्याय निरूपणका बाँकी काम शीर्ष तीन नेताको सहमतिबिना अगाडि बढ्न सक्दैन’
-
एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त