प्रसारण लाइन निर्माणमा निजी क्षेत्र प्रवेश, पाँच कम्पनीसँग सम्झौता
मङ्गलबार, ०२ पुस २०८१, १४ : १२

काठमाडौँ । नेपालको प्रसारण लाइन निर्माणमा पहिलो पटक निजी क्षेत्र प्रवेश गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने सम्झौता गरेको हो ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र निजी कम्पनीका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । मन्त्रालय मातहतको ग्रिड कम्पनी र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिबिच सम्झौता भएको छ ।
यसअघि मन्त्रालयले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने कार्यविधि बनाएको थियो । यससँगै प्रसारण लाइन निर्माणमा रहेको नेपाल विद्युत् प्राधिकरणको एकाधिकार तोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
-
दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिन्छः बाबुराम
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो
-
तस्बिरमा हेर्नुहोस् ललितकला मेला
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने