‘फौजी’को सेटमा घाइते भए प्रभास

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता प्रभास घाइते भएका छन् । ‘फौजी’ फिल्मको सेटमा उनी घाइते भएको भन्दै समाचारहरू आइरहेका छन् । चोटका कारण जापानमा ‘कल्कि २८९८ एडी’को प्रिमियरमा उनी जान नपाउने भएका छन् ।
सामाजिक सञ्जालमा जारी एक वक्तव्यमा अभिनेताले आफू र आफ्नो फिल्मलाई दिएको माया र शुभकामनाका लागि विदेशी दर्शकलाई आभार भनेका छन् । लामो समयदेखि आफू जापानी दर्शकसँग भेट्न उत्सुक रहेको भए पनि सुटिङको क्रममा घुँडामा चोट लागेकोले जापानमा हुन लागेको ‘कल्कि २८९८ एडी’को प्रिमियरमा जान नसक्ने प्रभासले बताएका छन् ।
- जापानका मानिससँग माफे माफी
यसका लागि उनले जापानका मानिसहरूसँग माफी पनि मागेका छन् । पोस्टमा प्रभासले लेखेका छन्, ‘म अनि मेरो कामलाई सधैँ यति धेरै माया बर्साउनु भएकोमा धन्यवाद । म निकै समयदेखि जापान जान भनेर कुरिरहेको थिएँ । तर, छायाङ्कनको क्रममा मेरो घुँडामा चोट लाग्यो र कार्यक्रमको हिस्सा बन्न नसक्ने भएँ भन्ने कुरा बताइरहँदा निकै दुःख लागेको छ ।’
जापानमा जनवरी ३ मा कल्की रिलिज हुँदैछ । यसको प्रिमियर चाहिँ डिसेम्बर ८ मा हुन लागेको पोस्टमा भनिएको छ । प्रभास अहिले निर्देशक हनु राघवपुडीको फिल्म ‘फौजी’को सुटिङमा व्यस्त छन् । फिल्म ऐतिहासिक वार ड्रामा हो । फिल्मको सुटिङका क्रममा अभिनेताको घुँडामा चोट लागेको थियो । चिकित्सकले आराम गर्न सल्लाह दिएपछि अभिनेताले हालका लागि सुटिङ रद्द गरेको खबरहरू आइरहेका छन् ।
‘फौजी’ आगामी वर्षको अन्त्यतिर थिएटरमा रिलिज हुनेछ । यस बाहेक प्रभास को हातमा यतिबेला अन्य कयौँ प्रोजेक्ट पनि छन् । २०२३ मा आएको फिल्म ‘सलार’को सिक्वेलको साथमा उनी सन्दीप रेड्डी वांगाको उच्च महत्त्वाकाङ्क्षी परियोजना ‘स्पिरिट’मा पनि उनले काम गर्नेछन् । अभिनेताले विष्णु मान्चुको ‘कन्नप्पा’मा पनि विशेष भूमिका निभाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड