बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

राजीनामा दिने सोचमा पुगेकै हुन् त क्यानडाका प्रधानमन्त्री ?

मङ्गलबार, ०२ पुस २०८१, १३ : २४
मङ्गलबार, ०२ पुस २०८१

क्यानडा । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रूडो यतिबेला समस्यामा छन् । अतिरिक्त महसुल बढाउने भनेर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीपछि उत्पन्न विश्वासको सङ्कट र आफ्नो उपप्रधान तथा अर्थमन्त्री क्रिष्टिष फ्रिल्यान्डको राजीनामापछि उनीमाथि राजीनामाको दबाब बढेको छ ।

आफूले कि राजीनामा दिने होइन भने संसद्को सत्र अन्त्य गर्ने प्रक्रिया थाल्ने उनले आफ्नो मन्त्री परिषद्लाई बताएको भन्दै सीटीभी न्यूजले समाचार प्रसारण गरेको छ । ट्रूडोले मंगलबार संसदलाई सम्बोधन गर्ने योजना बनाइरहेको पनि समाचारमा भनिएको छ । झन्डै १० वर्षे कार्यकालमा ट्रूडो यति ठुलो चुनौतीले अहिलेसम्म सामना गरेका थिएनन् ।

पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुँदा जनसमर्थन ६३ प्रतिशत थियो । तर यो घटेर यो वर्ष ३० प्रतिशतभन्दा तल आएको छ । अर्थतन्त्रलाई स्थिर राख्ने विफल प्रयास, हाउजिङ क्षेत्रमा नयाँ घरको अभाव र आप्रवासनको मुद्दामा असहमति आदिका कारण ट्रूडो नेतृत्वको सरकारप्रतिको जनविश्वास घट्दै गएको छ । 

ट्रूडोको पार्टीका केही वरिष्ठ नेताहरूले पनि आगामी वर्षको अक्टोबरमा हुन लागेको आम निर्वाचन अघि राजीनामा दिन भनिरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप