बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव

मङ्गलबार, ०२ पुस २०८१, १३ : ०९
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गमा थप रकम लिँदा नेपालले ब्याजदर बढी तिनुपर्ने जापान सरकारले प्रस्ताव गरेको छ ।  जापान सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा निर्माण भइरहेको सुरुङमार्गलाई जापानले १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको थियो । जसको ब्याजदर ०.०५ प्रतिशत छ । उक्त रकमको साँवा र ब्याज तिर्ने अवधि ४० वर्षको छ । यसमा नेपाल सरकारले थप ६ अर्ब रुपैयाँ लगानी गरेको छ । 

यति रकमले नपुगेपछि सरकारले जाइकासँग थप ३ अर्ब रुपैयाँ ऋण दिन प्रस्ताव गरेको थियो । उक्त रकमको ब्याजदर १.९ प्रतिशत हुनुपर्ने जापानले प्रस्ताव गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार नेपालीको आयस्तर बढेको भन्दै जापानले ब्याजदर बढी तिर्नुपर्ने प्रस्ताव गरेको हो । नेपाल सरकारका अनुसार यतिबेला नेपालीको प्रतिव्यक्ति आयात १४५६ डलर पुगेको छ । जाइकासँग सम्झौता हुँदा नेपालीको आय ८८० डलर थियो । 

नेपाल सरकार र जाइकाबिच उक्त सुरुङमार्ग बनाउन सन् २०१६ मा सम्झौता भएको थियो । सुरुङमार्गको ब्रेक थ्रु भइसकेको छ । हाल सुरुङमार्गमा लाइटिङ, आगलागी नियन्त्रण, रेस्क्यु सेन्टर निर्माण, कालोपत्रे, ढलान, कन्ट्रोल सिस्टम जडान जस्ता काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप