मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु

मङ्गलबार, ०२ पुस २०८१, १२ : ५३
मङ्गलबार, ०२ पुस २०८१

काठमाडाैँ । विद्युतीय स्कुटरमा लुकाएर राखिएको बम विस्फोट हुँदा मङ्गलवार मस्कोमा आणविक सुरक्षा बलका वरिष्ठ रुसी जनरलको मृत्यु भएको छ । रुसको अनुसन्धान समितिले यस्तो बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।

लेफ्टिनेन्ट जनरल आइगोर किरिल्लोभ रुसको आणविक, जैविक र रासायनिक संरक्षण सेनाका प्रमुख थिए ।   यस घटनाको जिम्मा अहिलेसम्म कसैले  पनि लिएको छैन ।

क्रेमलिनको दक्षिणपूर्वबाट झन्डै ७ किमि परको एउटा अपार्टमेन्ट भवनबाहिर उनी मारिएका हुन् । घटनामा आइगोर र उनको सहयोगी मारिएको समितिले भनेको छ ।

रुसी टेलिग्राम च्यानलहरूमा पोस्ट भएको तस्बिरहरूले बम पड्किँदा भवनको प्रवेश द्वार ध्वस्त भएको र रगत लतपत भएको हिउँमा २ जनाको शव देखाएका छन् । यस मामिलामा फौजदारी मुद्दा चलाएर अनुसन्धान थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप