चिया तथा कफी बोर्डका निर्देशकका लागि तोकियो अन्तरवार्ता
मङ्गलबार, ०२ पुस २०८१, १२ : ३३
काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि प्रस्तुतीकरण र अन्तरवार्ताको लागि मिति तोकिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको सूचना अनुसार बोर्डको २०८१ असर १९ गतेको निर्णय अनुसार सो पदका लागि स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको लागि मिति तोकिएको हो ।
सूचना अनुसार ७ जना सो प्रस्तुतीकरण र अन्तरवार्ता दिन पाउने भएका छन् । गौरव लुइँटेल, नवराज सापकोटा, फाइन्द्र राज पाण्डे, मनोज बस्नेत, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र डा. विष्णु प्रसाद भट्टराईले यही पौष ८ गते कार्ययोजना प्रस्तुतीकरण दिने र ९ गते अन्तरवार्ता दिने सूचनामा उल्लेख छ । सो प्रस्तुतीकरण र अन्तरवार्ता कृषि मन्त्रालयमा हुने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्था र अवस्था दुवै बदलियो : प्रधानमन्त्री ओली
-
टोल–टोलमा पुग्न ‘वडा केन्द्रित अभियान’ गर्ने तयारीमा एमाले
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्र प्रवेश, पाँच कम्पनीसँग सम्झौता
-
वर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता
-
ललितपुर महानगरपालिकाले मनायो स्थापना दिवस, तस्बिरहरू
-
‘फौजी’को सेटमा घाइते भए प्रभास