जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत

बर्लिन । जर्मन चान्सलर ओलाफ स्कोल्जले विश्वासको मत गुमाएका छन् । सोमबार जर्मनीको संसदको ७३३ सिट भएको तल्लो सदन (बुन्डेस्टाग)मा स्कोल्जलाई बहुमतका लागि ३६७ सांसदको समर्थन आवश्यक थियो । तर उनले २०७ सांसदको मात्र समर्थन पाएका हुन् ।
उनको विपक्षमा ३९४ मत खस्यो । अन्य ११६ सांसद भने अनुपस्थित रहेका थिए । यससँगै फेब्रुअरीमा त्यहाँ प्रारम्भिक निर्वाचन हुने सम्भावना देखिएको छ । नोभेम्बर ६ मा तीन दलको गठबन्धन पतन भएपछि स्कोल्जले अल्पमत सरकारको नेतृत्व गरेका थिए ।
जर्मनीको स्थिर अर्थतन्त्रलाई पुनरुत्थान गर्ने मार्गबारे उत्पन्न विवादका कारण स्कोल्जले हालै आफ्नो अर्थमन्त्रीलाई बर्खास्त गरेका थिए । जसका कारण गठबन्धन सरकारमा असमझदारी पैदा भएको थियो । प्रमुख दलका कयौँ नेताहरू निर्धारित समयभन्दा सात महिना अगावै फागुन १३ गते संसदीय निर्वाचन गराउन सहमत भएका थिए ।
दोस्रो विश्वयुद्धयता जर्मनीको संविधानले बुन्डेस्टागलाई भङ्ग गर्ने अनुमति दिएको छैन । त्यसैले पनि स्कोल्जले विश्वासको मत पाउनु आवश्यक थियो । संसद्लाई भङ्ग गर्ने कि नगर्ने र चुनाव गराउने हो कि होइन भन्ने कुराको निर्धारण अब राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयरले गर्नुपर्नेछ ।
- ६० दिनभित्र निर्वाचन गराउनु अनिवार्य
चुनाव गराउने वा स्थगित गर्ने निर्णय गर्न राष्ट्रपति स्टेनमेयरसँग अब २१ दिन मात्रै बाँकी छ । जर्मनीको नियमअनुसार संसद विघटन भएपछि ६० दिनभित्र निर्वाचन गरिसक्नुपर्छ ।
बजेट र आर्थिक नीतिहरूमा असहमति उत्पन्न भएपछि स्कोल्जले नोभेम्बरमा पूर्व वित्तमन्त्री क्रिश्चियन लिन्डनरलाई बर्खास्त गरेका थिए । त्यसपछि क्रुद्ध बनेको लिन्डनरको फ्रि डेमोक्रेटिक पार्टी गठबन्धनबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु