सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण परिणामउन्मुख भएको छैन: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न नसकिएको स्वीकार गरेका छन् । उनले कानुन बनाउन संसद्को प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन नसकेको उल्लेख गरे ।
पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले संसारमा संसद् प्रभावकारी भए मात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको बताए । ‘सङ्घीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न संसद्को प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन सकेको छैन,’ उनले भने ।
सभामुख घिमिरेले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्थाहरू परिवर्तन गरेको भन्दै राष्ट्र निर्माणका लागि सबै शक्ति लगाउनुपर्नेमा जोड दिए । सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माण गर्न ढिला भएको बताउँदै सभामुख घिमिरेले आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसद्ले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।
‘आधारभूतरुपमा सङ्घीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानुन बन्नेमा आशावादी बन्न सकिन्छ,’ उहाँले भन्नुभयो ।
सभामुखले संविधान संशोधनको बहसका बिच भएको सङ्घीय संसद् र प्रदेश सभासहितको सम्मेलन अर्थपूर्ण रहेको बताए । उनले सङ्घीय संसद् र प्रदेश सभालाई प्रभावकारी बनाउन अन्तर व्यवस्थापिका सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल
-
मिसन इलाकातर्फ ११८ जना नेपाली शान्ति सैनिक