सिमानामा हुने तस्करी रोक्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सिमानामा हुने तस्करी रोक्न निर्देशन दिएका छन् । रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको छ, सिमानामा हुने तस्करी तुरुन्त रोक्न म निर्देश गर्छु ।’
सीमापार अपराधको नियन्त्रण नियन्त्रण देखिने गरी हुनुपर्ने उनले बताए । लेखकले भने, ‘लागू औषधको नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्यूनीकरण गर्नु होला ।’
लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताएका छन् ।
सरकार बन्ने बित्तिकै सरकार ढल्छ भन्ने र मन्त्री बन्ने बित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला चलाइने गरेको उल्लेख गर्दै मन्त्री लेखकले अहिलेको गठबन्धन २०८४ सम्म नै जाने जिकिर गरेका छन् ।
गोष्ठीमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहितका पदाधिकारी सहभागी छन् । त्यस्तै, लुम्बिनी प्रदेश मातहतका जिल्लामा कार्यरत जिल्ला सुरक्षा समितिमा पदाधिकारीहरू गोष्ठीमा सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरिक्षमा डेटा सेन्टर खोल्दै छ अमेरिकी कम्पनी
-
टीकाको गीतसंग्रह ‘माटोको सुगन्ध’ लोकार्पण
-
माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी
-
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
-
दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै
-
पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण