‘सिरिया छाड्ने मेरो कुनै मनसाय थिएन’

दमस्कस । सिरियाका पूर्व राष्ट्रपति बशर अल–असदको नाममा टेलिग्राम च्यानलमा एउटा बयान आएको छ । यसमा सिरिया छोड्ने उनको कुनै मनसाय नभएको बताइएको छ ।
टेलिग्रामको सिरियन प्रेसिडेन्सी च्यानलमा आएको यो बयान सिरियाका पूर्व राष्ट्रपति असदको हो भन्ने विश्वास गरिएको छ । तर, यो च्यानल कसले सञ्चालन गर्छ भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । विद्रोहीहरूले दमास्कस कब्जा गरेको ८ दिनपछि च्यानलमा असदको यो बयान आएको हो ।
विद्रोहीहरूले सिरियाको राजधानी दमास्कस कब्जा गरेको बेलामा उनी युद्धसम्बन्धी अभियान हेर्न लताकिया गएको र त्यहाँ उनले सिरियाली सेनाहरू पछि हटिसकेको देखेको भनिएको छ । ‘यस अवधिमा हमिमीम एयरबेसमा तीव्र गतिमा ड्रोन आक्रमणहरू हुन थाले अनि रुसीहरूले उनलाई एयरलिफ्ट गरेर मस्को लैजाने फैसला गरे ।’ बयानमा यो पनि लेखिएको छ । बयान अरबी र अङ्ग्रेजीमा प्रकाशित छ । यसमा सिरियाका पूर्व राष्ट्रपतिले डिसेम्बर ८ मा कथित घटनाको विवरण पनि दिएका छन् ।
‘एयरबेस छाड्नका लागि अरू कुनै साधन थिएन । मस्कोले डिसेम्बर आठको साँझमै बेस कमान्डलाई तुरुन्तै त्यहाँबाट मस्को रवाना हुने व्यवस्था मिलाउन आग्रह गरे । यो दमस्कस विद्रोहीको कब्जामा पर्नु र त्यसपछि अन्ति सैन्य गढ पनि ढल्नु र बाँकी बचेका सबै संस्था डुलमुल भएपछि भएको थियो ।’ बयानमा भनिएको छ । यी घटनाक्रमहरू भइरहँदा कुनै समय पनि आफूले पद त्याग्ने वा शरण लिने निर्णय नगरेको न त कुनै व्यक्ति वा पार्टीले यस्तो भनेको पनि भनिएको छ । राज्य आतङ्कवादको चपेटामा परेर कुनै पनि सार्थक योगदान अर्थहीन बनेपछि पदको कुनै अर्थ नहुने बताइएको छ ।
इस्लामिक विद्रोही संगठन हयात तहरीर अल–शाम (एचटीएस) ले १२ दिनसम्म एकपछि अर्काे गर्दै सिरियाली सहर कब्जा गरिरहँदा असद कतै देखिएका थिएनन् । तर, विद्रोहीहरू दमास्कसमा पसेका बेला सिरियाली प्रधानमन्त्रीले पनि असदसँग सम्पर्क गर्न नसके पछि उनी देश छाडेर गइसकेको भनिएको थियो । डिसेम्बर नौंमा मात्रै रूसी मिडियाले असदलाई रुसमा शरण दिइएको भनेर समाचार छापेका थिए । तर यसको आधिकारिक पुष्टि भने भएको छैन । सिरियाली विद्रोहीहरू सङ्क्रमणकालीन सरकार गठनको प्रक्रियामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र
-
शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल
-
कर्मचारीहरुलाई मन्त्री दाहालले भने, ‘सुशासनयुक्त सेवा प्रवाह गर्नुस्’
-
चैत्र महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार